Swornakshar Logo

४० वर्षीय विद्यार्थी हत्याको आरोपमा १४ वर्ष जेल बसेपनि पूरा गरे एमबिबिएस पढाइ

४ फगुन । काठमाडौं । भारतको कर्नाटक राज्यस्थित अफजलपुराका सुभाष पाटिलले १४ वर्ष जेल जीवन बिताएसँगै एमबिबिएस पढाइसमेत पूरा गरेका छन् । उनले पढाइसँगै एक वर्ष इन्टर्नसिपपनि पूरा गरिसकेका छन् ।

पाटिल हत्याको आरोपमा सन् २००२ मा जेल परेका थिए ।जेलबाट रिहा भएसँगै उनले सन् २०१९ मा एमबिबिएस पूरा गरेका हुन् । अहिले उनी डाक्टरी सेवा दिँदै आएका छन् ।

४० वर्षीय पाटिलले भने, मैले सन् १९९७ मा एमबिबिएस पढाइ सुरू गरेको थिएँ, सन् २००२ मा ममाथि हत्याको आरोप लाग्यो र प्रहरीले पक्राउ गरे । उनले थपे, त्यसबेला म एमबिबिएस तेस्रो वर्षमा अध्ययन गर्दै थिएँ, त्यो बेला मलाई अदालतले जन्मकैदको सजाए सुनायो । म जेल परेपछि पनि पढाइ छाडिन्ँ, जेलको ओपिडीमा काम गरिरहेँ, मेरो व्यवहार देखेर सन् ०१६ मा मलाई जेलबाट रिहा गरियो ।

आफू १४ वर्ष जेल बसेर पनि एमबिबिएस पढाइ पूरा गर्न सकेकोप्रति गर्व गर्दै पाटिलले बचपन देखिको डाक्टर बन्ने सपना पूरा भएको बताए ।

केन्द्रीय जेलको अस्पतालमा पाटिलले डाक्टरका रूपमा सहयोगी बनेर काम गरेका थिए । यससँगै उनले पढाइ छाडेका थिएनन् । जेलमा नै बसेर उनले सन् ००७ मा पत्रिकारितामा स्नातक पूरा गरे भने सन् २०१० मा मुक्त विश्वविद्यालयबाट पत्रकारितामा एमए पास गरेका थिए ।