Swornakshar Logo

बागमती गाउँपालिकामा इलाका प्रशासन कार्यलय स्थापना गर्न सरकार इच्छुकः गृहमन्त्री थापा (फोटो फिचर)

मिना श्रेष्ठ

३ फागुन । हेटौडा । गृहमन्त्री रामबहादुर थापाले मकवानपुरको बागमती गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको लागि सरकार तयार रहेको बताए । मकवानपुरको फापरवारीमा शनिबारदेखि शुरु भएको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्रीले उक्त कुरा बताएका हुन ।


बागमति गाउँपालिकाको फापरबारीमा आजबाट सुरु भएको तेश्रो बागमती गोल्डकपको उद्घाटन गर्दै गृहमन्त्री बादलले स्थानीयहरुको माग र आवश्यक्तालाई मध्यनजर गर्दै बागमतिमा इलाका प्रशासन कार्यालयको आवश्यकता रहेको सरकारले महशुस गरेको बताए ।


गृहमन्त्रीले मदन भण्डारी राजमार्गको बाँकी कामलाई तत्कालै पुरा गर्न निर्देशन दिएका छन् । उनले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको भन्दै सरकारले अन्तिम पटक मौका दिन लागेको बताएका हुन् । उनले अन्तिम मौका दिंदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारवाही गर्ने बताए ।

थापाले देशभरीमा राष्ट्रिय स्तरको गोल्डकप आयोजना गर्ने पहिलो स्थानीयत तह भएको भन्दै बामगमति गाउँपालिकाको प्रशंसा गरेका थिए ।

बागमती गाउँपालिका नेपालको राजनीतिक इतिहाँसमा एउटा गौरवपूर्ण तथा महत्वपूर्ण भूमि रहेको भन्दै उनले गाउँपालिकाले गरेको विकासको खुलेर प्रशंसा गरे ।


सदरमुकामबाट यतिको दुरीमा राष्ट्रिय स्तरको प्रतियोगिता सम्पन्न गर्नु सामान्य विषय नभएको भन्दै उनले खेलले देशको नाम विश्वमा चिनाउन निकै सहयोगी भूमिका खेल्ने बताए । सरकारले पनि खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उनको भनाई रहेको छ ।