Swornakshar Logo

बेहुलीको सारी मन परेन भन्दै विवाह छोडेर फरार भए बेहुला, १ वर्षको प्रेमपछि हुँदै थियो विवाह

२८ माघ । काठमाडौं । विवाहमा बेहुलीले लगाएको सारी मन नपरेको भन्दै एक बेहुला विवाह छाडेर फरार भएका छन् । बेहुलीको सारी बेहुलाका मातापितालाई मन नपरेको र सोही विषयमा विवाद भएपछि बेहुलाका मातापिताले बेहुलालाई फरार गराएको बताइएको छ । सो घटना गत बुधबार भएको दैनिक भास्करको समाचारमा उल्लेख छ ।

कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमारको १ वर्षको प्रेमपछि बीआर संगीतासंग विवाह हुँदै थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि सहमत थिए ।

बेहुलाका मातापितालाई सारी मन नपरेपछि संगीतालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । संगीताले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए । यही विषयमा विवाद उत्पन्न भएको थियो ।

विवादपछि दुलाहाका अभिभावकले बिहीबारलाई तय गरिएको विवाह रद्द गरेर आफ्नो छोरालाई भगाएको समाचारमा बचाइएको छ । हामीले रघुकुमारविरुद्ध जालसाजीको मुद्दा दर्ता गरेका छौं । उनी अहिले फरार छन् हसननगरका एसपी श्रीनिवास गोदले भने । प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् ।