Swornakshar Logo

नेकपाले जनयुद्ध र जनआन्दोलनका शहिदको स्मृति सभामा गर्ने

२७ माघ काठमाडौं । तत्कालीन माओवादी केन्द्रले १ फागुुनलाई ‘जनयुद्ध दिवस’को रुपमा मनाउँदै आएको थियो । हाल ने सत्तारुढ कपाले ‘जनयुद्ध र जनआन्दोलनका शहिदहरूको स्मृति सभा’ गर्ने भएको छ । १ फागुनका दिन नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहिमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सभामा सहभागी हुने कार्यलय सचिव श्रीराम ढकालले जानकारी दिए ।

पार्टी एकतापछि गत बर्ष नेकपाले धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा ‘जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृतिमा सभा’ आयोजना गरेको थियो । उक्त सभामा अध्यक्षद्धयको सहभागी हुने जानकारी दिएपनि अन्तिम समयमा ओली सहभागी भएनन् । अर्का अध्यक्ष प्रचण्डले मात्र सम्बोधन गरेका थिए ।

तत्कालीन माओवादीले १ फागुनलाई जनयुद्ध दिवसका रुपमा मनाउने प्रस्ताव गरे गरेका थिए तर तत्कालीन एमालेले उक्त प्रस्ताव अस्विकार गरे । गत बर्ष ‘जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृति सभा’ गरेको थियो ।

‘१ फागुनको अवसर पारेर ‘जनयुद्ध र जनआन्दोलनका शहीदहरूको स्मृतिमा सभा’ कार्यक्रम आयोजना गरिएको हो,’ नेकपा कायलय सचिव ढकालले बताए । उनले भने कार्यक्रममा दुवै जना अध्यक्ष सहभागि हन्छन् ।