Swornakshar Logo

कोरोनाका कारण ९ सय १० को मृत्यु, ४० हजार भन्दा बढि संक्रमित

२७ माघ । काठमाडौं । आइतबार मात्रै नोवेल कोरोना भाइरसका कारण चीनमा ९७ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९ सय १० पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।

आयोगका अनुसार भाइरस संक्रमितको संख्या ४० हजार १ सय ७१ पुगेको बताइएको छ ।

सुरुमा चीनमा देखिएको कोरोना भाइरस विश्वका विभिन्न देशमा फैलिइसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।