Swornakshar Logo

सांसद पदबाट निलम्बनमा परे गच्छदार (विज्ञप्तिसहित)

२४ माघ । काठमाडांै । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदार सांसद पदबाट निलम्बनमा परेका छन् । शुक्रबार संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार गच्छदारको पद निलम्बनमा परेको सुचना दिएको हो ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले गच्छदार लगायत १ सय ७५ विरुद्ध बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा विशेष अदालतमा माघ २२ गते मुद्वा दायर गरेको थियो ।

अख्तियारले संसद सचिवालयलाई गच्छदारविरुद्ध परेको मुद्दाको जानकारी गराएसँगै सचिवालयले उक्त सूचना जारी गरेको हो ।

संसद सचिवालयको विज्ञप्ति