४ लाख घुससहित अख्तियारमा कार्यरत प्रहरी हवल्दार पक्राउ
२४ माघ । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी हवल्दार बाबुराम घिमिरे घुससहित पक्राउ परेका छन् । शुक्रबार घिमिरेलाई राजधानीको चाबहिलबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
घिमिरेले एक व्यापारीसँग घुस माग्दै आएको सुचना सीआईबीसम्म पुगेपछि परिचालित भएको प्रहरी टोलीले उनलाई ४ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
घिमिरेलाई सिआईबी हिरासतमा राखि अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्: