विप्लव समुहको नेकपाका केन्द्रीय नेता पक्राउ

२१ माघ । काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय जनसम्पर्क मञ्चका कोषाध्यक्ष अर्जुन कटुवाल पक्राउ परेका छन् ।
मंगलबार प्रहरीको एक विशेष व्युरोको टोलीले कलङ्कीबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट चन्दा संकलन गर्ने रसिद र विभिन्न बैंकका चेक बुक बरामद गरेको छ ।
कटुवालले पक्राउ परी थुनामा रहेका अन्य नेताहरूका घर परिवारमा चन्दा उठाएको रकम घर खर्च चलाउन पुर्याइदिने गरेका प्रहरीले बताएको छ ।
यसअघि विप्लव समुहका नेता माइला लामासहित ३ जनालाई थुनामुक्त भएलगत्तै आइतबार पुन पक्राउ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्: