Swornakshar Logo

नेपाल–चाइना सबै हवाई उडान बन्द

२० माघ । काठमाडौं । चीनमा कोरोना भाइरसले महामारी फैलाएपछि नेपाल–चाइना हवाई उडान प्रभावित हुने भएको छ । कोरोनाले महामारी फैलिएपछि सतर्कताका लागि भन्दै एयरलाइन्स कम्पनीहरुले अन्तरदेशीय उडान स्थगित गर्न लागेका हुन् ।

हिमालयन एयरलाइन्ससहित चार वायु सेवा कम्पनीहरुले नेपाल–चीन दैनिक उडान स्थगित गरिसकेका छन् । दुई कम्पनीहरुले पनि आफ्नो उडान केहि समयको लागि स्थगित गर्ने बताइसकेका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए अनुसार चीनबाट नेपाल दैनिक उडान भर्दै आएका एयर चाइना, टिवेटियन एयर, सिचुवान एयर र तिब्बत एयरलाइन्सले आफ्नो उडान बन्द गरिसकेका छन् र चाइना साउदन एयरले बिहानको उडान बन्द गरेको र बेलुकाको उडान मात्र अहिले जारी राखेका छन् । केहिले हिजो देखि र केहिले आज र भोलिदेखि उडान स्थगित गर्ने पनि उनले बताएका छन् ।

उनका अनुसार अस्थाई रुपमा स्थगित गरिएका सबै उडान फ्रेब्रुअरी २८ तारिख सम्मका लागि रहने छन् ।