महरालाई भेट्न कारागार पुगे बाबुराम भट्टराई
२० माघ । काठमाडौं । डिल्लीबजार कारागार थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्न आज दिउँसो ३ बजे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कारागार पुगेका थिए ।
कारागार स्रोतका अनुसार भट्टराईले महरासँग १ घण्टा एकान्तमा कुराकानी गरेका थिए ।
भट्टराईले कारागारभित्र निराश भएर बसेका महरासँग एमसीसी प्रकरण र उनीविरुद्ध चलिरहेको मुद्दाका विषयमा कुराकानी गरेको स्रोतलेको बतायो ।
पूर्वसभामुख महरा संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको अभियोगमा गत १९ असोजमा पक्राउ परेका थिए । महरा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनको आदेशले मुद्दा पुर्पक्षका क्रममा थुनामा छन् ।
जेलमा रहेका महरालाई भेट्न नेकपा नेता देव गुरुङबाहेक कुनै उच्च तहका नेता कारागार पुगेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस्: