Swornakshar Logo

नेकपा नेताका सम्पत्ति छानविन हुने, राजनीतिक प्रतिवेदन पारित

१९ माघ । काठमाडौं । नेकपाको जारी केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेताहरूको सम्पत्ति छानविन हुने निर्णय गरेको छ । जारी बैठकमा केन्द्रीय सदस्यहरूले सम्पत्ति छानविन गर्न र सम्पत्तिको हदवन्दी तोक्न माग गरेपछि पार्टीले यो मागमा सम्बोधन गरेको छ ।

नेकपाले केन्द्रीय अनुशासन आयोगलाई नेताका सम्पत्ति छानविन गर्न र सम्पत्तिको हदबन्दी तोक्न जिम्मा दिन निर्णय गरेको छ ।

राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित

जारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । बैठकमा केन्द्रीय सदस्यबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गर्ने निर्णय भएको हो ।