Swornakshar Logo

नेकपाको महाधिवेशन २०७७ चैतमा हुने, वामदेव उपाध्यक्ष

१९ माघ । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७७ साल चैतमा हुने भएको छ । राष्ट्रिय सभागृहमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी वर्षको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकले नेता वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउनेसमेत निर्णय गरेको छ । यसअघि सचिवालय सदस्य थप गर्ने चर्चा चले पनि सचिवालय सदस्य थप भने गरिएको छैन ।