Swornakshar Logo

गृहसचिव राईद्धारा राजीनामा

१७ माघ । काठमाडौं । गृहसचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार माघ २२ गतेबाट राईले
अनिवार्य अवकाश पाउने भएपछि माघ २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको बताइएको छ । गृहसचिव राईले आफ्नो राजीनामा पत्र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बुझाएका छन् ।

२०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका राईले अवकाश हुने २ दिनअगावै राजीनामा बुझाएका हुन् ।

२०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन बढ्ने भएकाले राईले २ दिन अगावै राजीनामा गरेका छन् । गृह मन्त्रालयमा लामो समय काम गरेका राई निर्विवाद अवकाश भएका हुन् ।

राईसँगै अर्थ मन्त्रालयका सचिव राजन खनाल तथा सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि माघ २२ गते अवकाश पाउँदैछन् ।