Swornakshar Logo

‘परिवर्तनको लागि रगत होईन, समृद्धिको लागि पसिना र पौरख खोजेको छःमुख्यमन्त्री पौडेल

सहिद दिवस । लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका आन्दोलनहरुमा आफ्नो नीजि आकांक्षाहरुलाई तिलाञ्जली दिदैं अमुल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्नुभएका महान सहिदहरुलाई सम्मान, सहिदहरुको त्याग र योगदानको चर्चा परिचर्चा तथा सहिदहरुको सपना पुरा गर्ने संकल्पका साथ यहाँ उपस्थित भएका छौं ।

यस अवसरमा अधिकार प्राप्तिका लागि वि।सं १९९७ देखी हालसम्मका सम्पुर्ण जनसंघर्षहरुमा सहादत प्राप्त गर्नुभएका महान सहिदहरुप्रति हार्दिक सम्मान एवम् श्रदासुमन ब्यक्त गर्दै आफ्नो भनाईहरु राख्न चाहान्छु । ईतिहासका अनेकौं चुनौतिपुर्ण क्षणहरुको सामना गर्दै देश संघिय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आईपुगेका छ ।

यहाँसम्म आईपुग्दा नेपाली जनताको बलमा निरङकुश एवम् स्वेच्छाचारी सक्तालाई घुँडा टेकाउदै ब्यवस्था परिवर्तनको आन्दोलनलाई गन्तब्यमा पु¥याएका छौं । अधिकारका मुद्धाहरुलाई संविधानमा लिपिबद्ध गरेका छौं । सम्बोधन गरेका छौं । हामीले खोजेको ब्यवस्था अन्तर्गत हामीले हाम्रो प्रतिनिधि मार्फत लेखेको संविधानबाट शासन ब्यवस्था संचालन गर्न सफल भएका छौं । र, हामी संघर्षको युगबाट समृद्धिको युगतर्फ प्रवेश गरेका छौं । यसर्थ, हामी ईतिहासको अत्यन्तै महत्वपुर्ण क्षणमा छौं ।

हामीले गर्नुपर्ने र गर्न सकिने अनेकन् संम्भावनाहरु छन् । हामीले सामना गर्नुपर्ने र छिचोल्नुपर्ने अनेकन चुनौतिहरु पनि छन् । गरिबि, अशिक्षा, बेरोजगारी, सामाजिक रुढिवाद एवम् अन्धविश्वास आज पनि हाम्रा चुनौतिहरु हुन् । सुचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनियाँ तिव्रतर गतिमा अघि बढेको छ । मानिसका जीवन दिनप्रति दिन सरल र सहज बन्दै गईरहेका छन् तर नेपाली जनताको जीवन आज पनि कष्टप्रद छ । हजारौं बालबालिका शिक्षाबाट बञ्चित छन् । युवाहरु अवसरबाट बञ्चित छन् ।

थुप्रै जनता गाँस, बास र कपासको समस्यामा छन् । यो युग सुहाँउदो कुरा होईन । यसलाई परिवर्तन गर्नुपर्छ । गर्न सकिन्छ । हाम्रो विडम्बना हो, प्रचुर सम्भावना नै सम्भावनाले भरिएर पनि अविकास र पछौटेपनको सिकार हुनपुग्यौं । राजनीतिक अस्थिरताको जगमा विकासले गति लिन सकेन । युगानुकुल शिक्षाको प्रबन्ध, रोजगारीका अवसरका श्रृजना, पुर्वाधार विकास आदी हुन नसक्दा युवाहरुमा नैराश्यता पैदा भयो ।
पाखुरीमा बल भरिएका युवाहरुले आफ्नो पौरख यहि देशको निर्माणमा सिञ्चित गर्ने अवस्था बनेन् । द्धन्द्ध र राजनीतिक संक्रमणकालले युवा पलायनलाई मलजल प्रदान ग¥यो ।

यसक्रममा शिक्षित युवाको रोजाई अष्ट्रेयिला, क्यानडा, श्रम र सिप भएका युवाहरुको रोजाई मलेसिया, कतार जस्ता देश बन्न पुग्यो । हाम्रा युवाको भरमा कतार र मलेसियामा आलिसान महलहरु ठडिए, पुर्वाधार विकास गरियो तर हामी जसोतसो घिस्रियौं । यो अवस्था लामो समय रहन सक्दैन । रहनुहुन्न र, ढिलै भएपनि परिवर्तनको आरम्भ छ । हामीले सधैं निराशाको कुरा ग¥यौं ।

चिया चौतारादेखी तारे होटलसम्म उत्साह जगाउने चर्चा हुदैनथ्यो । भएन, हुँदैन, गर्न सकिदैन विग्रियो, भत्कियो यस्ता शब्दहरु सुन्ने आदत भैसकेको थियो तर आज बहसको विषय बद्लिएको छ । विकास र समृद्धि नेपाली मिडिया र बौद्धिक वृतमा केन्द्रीय बहसको विषय बन्न थालेको छ । विकासको जस लिन हानथाप हुन थालेको छ । केहि गर्न सकिन्छ, यो देश बन्छ बनाउन सकिन्छ भन्ने धारणाको विकास भएको छ ।
सानो देशका गरिब जनता भन्ने हिन भावनाबाट मुक्ति मिलेको छ । भुगोल सानोठुलो होला, स्वाधिनता र स्वाभिमान समान हुन्छ भन्ने मान्यता स्थापित भएको छ । युवाहरु उद्यमशिलतातर्फ आकर्षित भएका छन् । विदेश जानेक्रम कम भएको छ ।

गरिबि र अभावकै कारण कोहि बालबालिका विद्यालयको पहुँचबाट बाहिर नहुन् भन्ने उद्देश्यले विद्यालय भर्ना अभियान तथा अभिभावकत्व ग्रहण, विद्यालयमा विद्यार्थीको स्वाथ्य सुरक्षा एवम् शारिरिक तन्दुरुस्तिका लागि एक विद्यालय, एक नर्स अभियान, खेल प्रर्शिक्षकको ब्यवस्था, टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको सहजताको लागि यातायातको प्रबन्ध, विद्यालयमा प्रयोगशाला लगाएत पुर्वाधार विकासको कार्यक्रम, गाँउगाँउदेखी शहरसम्म कानुनि सचेतना तथा स्थानिय तहको न्यायिक कार्यमा सहजताको लागि कानुनी सहजकर्ताको ब्यवस्था, सन् २०२२ सम्म बालविवाह अन्त्य गर्ने प्रतिबद्धता सहितको कार्यक्रम, श्रमिकलाई सामाजिक सुरक्षाको प्रबन्ध, बेरोजगार युवालाई न्युनतम रोजगारीको सुनिश्चितता, कृषि क्षेत्रमा युवा प्रोत्साहनका लागि अनुदान कार्यक्रम, उद्योग एवम् लगानीमैत्री वातावरणको निर्माण गर्दै रोजगारीको अवसरहरु श्रृजना, पर्यटन वर्ष २०२० को अवसरमा प्रवद्र्धनात्मक कार्यक्रमहरुले नयाँ उर्जा र उत्साहको सञ्चार गरेको छ ।

जनताले आफ्नो जीवनमा प्रत्यक्ष अनुभव गर्न सक्ने परिवर्तनले नै यो हामीले ल्याएको ब्यवस्थाको सान्दर्भिकता पुष्टि हुन्छ । सिमिति श्रोत र साधनवीच स्थापित प्रदेश सरकार र यसका संरचनाहरु अनेकौं चुनौतिको सामना गर्दै सरल एवम् सहज सेवा प्रवाहको तहमा आईपुगेको छ । जनअपेक्षाको अधिकतम् सम्बोधन नै सरकारको प्रमुख ध्यय हो । बागमति प्रदेश सरकार अनेकौं चुनौतिहरुवीच पनि “सुखी नेपाली, समृद्ध नेपाल”को राष्ट्रिय संकल्प पुरा गर्न अहोरात्र क्रियाशिल छ ।

किनकी देशले यतिबेला परिवर्तनको लागि रगत होईन, समृद्धिको लागि पसिना र पौरख खोजेको छ । “सुखी नेपाली, समृद्ध नेपाल” त्यहि आकाक्षाको अभिब्यक्ति हो । यो राष्ट्रिय संकल्पलाई पुरा गर्न सकिन्छ । यो नै आजको महत्वपुर्ण कार्यभार हो । यस कार्यभारलाई पुरा गर्न सक्दा मात्र जन आकाक्षाको सम्बोधन हुनेछ । सहिदहरुप्रति सच्चा सम्मान हुने छ ।
सहिद दिवसरका अवसरमा हेटौंडाको सहिद स्मारकमा आयोजित कार्यक्रमलाई गरिएको सम्बोधन ।