Swornakshar Logo

सभामुख सापकोटाविरुद्ध परेको रिट सर्वोच्चद्वारा अस्वीकार

१४ माघ । काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासले निवेदकको मागअनुसार सभामुखको काम काजमा रोक लगाउने गरी अन्तरिम आदेश अस्वीकार गरेको हो ।

२०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्या अभियोग लागेकाले सापकोटालाई सभामुखका रूपमा कामकाज गर्न रोक लगाउन माग गर्दै रिट परेको हो ।