Swornakshar Logo

९९ प्रतिशत मत खस्योः राष्ट्रियसभा निर्वाचन

९ माघ । काठमाडौं । राष्ट्रियसभाका १८ सांसदका लागि भएको निर्वाचनमा ९९. १९ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । आज भएको सातवटै प्रदेशको निर्वाचनमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको पनि आयोगले बताएको छ ।

आयोगका अन्ुुसार ५ सय ५० प्रदेशसभा सदस्य र १ हजार ५ सय ६ जना स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष सहभागी निर्वाचक मण्डलमध्ये ५ जना प्रदेशसभा सांसद र ११ जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा अनुपस्थित रहेको बताएको छ ।