Swornakshar Logo

बिहेको तयारी चलिरहँदा सम्धीले सम्धिनी भगाए

७ माघ । काठमाडौं । भारतको गुजरातको सूरत जिल्लामा एक अचम्मको घटना घटेको छ । सूरतको काटरगामका एक युवकको बिहे नवसारीकी एक युवतीसँग हुने पक्का गरिएको थियो । तर बिहेभन्दा पहिल्यै हुनेवाला बेहुलाका पिताले हुनेवाली बेहुलीकी आमा भगाइदिए । जस्ले गर्दा दुवै परिवारबीच विवादसमेत भयो ।

सो घटनापछि उक्त विवाह तोडिएको छ । बेहुलाका पिता र बेहुलीकी आमाबीच पहिल्यैदेखि नै चिनजान भएको दुवै परिवारले बताए । अब उनीहरुले बिहे गरिसकेको हुन सक्ने आशंका गरेका छन् ।

बिहेको ठिक एक महिना अगाडि बेहुलीकी आमा घरबाट बेपत्ता भएकि थइन् । परिवरले खोजि गर्दा नभेटेपछि प्रहरीकोमा गएर रिपोर्ट लेखाएको थियो । उता बेहुलाका पिता पनि त्यही दिनदेखि बेपत्ता भएको खुलासा भयो । भागेका दुवै अहिलेसम्म भेटिएका छैनन् । पुलिसमा रिपोर्ट गरेको १० दिन पछि दुवै परिवारले हुनेवाला वैवाहिक सम्बन्ध तोडे ।