Swornakshar Logo

चन्द्रमा भ्रमणमा जान जीवनसाथी खोज्दै जापानी अर्बपति

२ माघ । काठमाडौं । जापानका अर्बपति युसाकु मेइजावा चन्द्रमाको भ्रमण गर्ने पहिलो पर्यटक हुने भएका छन् । त्यही ऐतिहासिक भ्रमणमा सँगै लैजान अहिले उनी विशेष महिला सहयात्रीको खोजि गरिरहेका छन् । उनले ट्वीटरमार्फत ऐतिहासिक भ्रमणमा सँगै लैजान जीवनसाथीको खोजी गरिरहेको खुलासा गरेका छन् ।

केही समय अगाडि मात्र उनी २७ वर्षीया प्रेमीका एमे गोरिकीसँग छुटिएका थिए । एमे जापानी अभिनेत्री हुन् ।

पूर्व प्रेमीका एमेसँग छुटिएको केहि समय पछि उनले अनलाइन मार्फत आफु भित्र एक्लोपना र खालिपन बिस्तारै बढ्दै गइरहेको हुँदा मैले एउटै कुरा मात्र सोचेँ कि म अब एउटै महिलालाई मात्र प्रेम गरिरहनेछु । त्यसैले म मेरो जीवनसाथी खोज्न चाहान्छु भन्दै विश्वभरका सबै महिलाहरुलाई यस लगन जुराउने कार्यक्रम’ अन्र्तगत आफ्नो वेबसाइटमा आवेदन दिन अनुरोध गरिरहेका छन् ।

साथै भविष्यकी ती प्रेमिकासँगको माया र विश्व शान्तिका आवाजहरु बाहिरी अन्तरिक्षसम्म पुर्याउने पनि बताए ।

वेबसाइटमा आवेदन दिनका लागि वेबसाइटले विभिन्न सर्तहरु राखेको छ । आवेदनको तीन महिना लामो प्रक्रिया रहने बताइएको छ ।

सर्तहरुमाः

१) महिला एक्लो हुनुपर्ने र २० वर्ष भन्दा माथि उमेरको हुनुपर्ने ।
२) महिला सधैँ सकारात्मक अनि अन्तरिक्ष जाने सम्बन्धी रुची भएको हुनुपर्ने छ ।

सो आवेदनको अन्तिम मिती १७ जनवरीसम्म रहेको छ भने अन्तिम निर्णय युसाकुले मार्चको अन्त्यमा घोषणा गर्नेछन् ।

४४ वर्षीय व्यवसायी युसाकु स्टारशीप रकेटमा चन्द्रमा घुम्ने पहिलो सर्वसाधारण यात्रु हुनेछन् । २०२३ मा पूरा गर्ने भनिएको यो मिसन १९७२ पछिको पहिलो चन्द्रमा अवतरण हुनेछ ।

उनको व्यक्तिगत सम्पति ३ अर्ब डलर बराबर रहेको बताइएको छ । यस चन्द्रमा भ्रमणका लागि अत्याधिक ठूलो रकम तिर्न लागेको उनले बताएका छन् । कति रकम तिर्न लागेको भने खुलाएको छैन । बीबीसी