Swornakshar Logo

परवेज मुसर्रफलाई फाँसी दिने निर्णय उल्टियो

एजेन्सी
२८ पुस । एजेन्सी । पाकिस्तान पूर्वराष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड फैसलामा अदाललते माफी दिएको छ । सोमबार लाहोरस्थित उच्च अदालतले मुसरर्फलाई माफी दिने फैसला सुनाएको हो । उच्च अदालतले उनलाई सुनाइएको सजाय असंवैधानिक भएको ठहर गरेको जनाएको छ । उक्त निर्णयसँगै उच्च अदालतले विशेष अदालत समेत भंग गरेको छ ।

मुसरर्फलाई त्यहाँको विशेष अदालतले केही वर्षअघि संकटकाल लगाएको आरोपमा डिसेम्बर १७ मृत्युदण्डको सजाय सुनाएको थियो । लाहोर उच्च अदालतले पूर्वराष्ट्रपति मुसरर्फको सजाय माफ गरेको फैसला सुनाउँदै भनेको छ, मुसरर्फका विरुद्ध दर्ता भएको रिट गैरकानुनी र अवैधानिक छ । त्यसकारण उच्च अदालतले विशेष अदालतको फैसला उल्टाएको छ र विशेष अदालत समेत भंग गरेको छ । ’ मुसरर्फका पक्षबाट एक अधिवक्ताले विशेष अदालतको मृत्युदण्डको सजायका विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका थिए ।