Swornakshar Logo

प्रदेश- ३ को स्थायी राजधानी हेटौंडा कायम, प्रदेशकाे नाम ‘बागमती’

प्रदेश- ३ को स्थायी राजधानी र प्रदेश नामाकरणका लागि आज भएको मतदानको परिणाम प्राप्त भएको छ । प्राप्त मत परिणमअनुसार आजबाट प्रदेश- ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ ।

कुल ११० प्रदेश सभा सदस्यमध्ये मतदानमा १०८ जनाको उपस्थिति रहेकोमा हेटौंडा राजधानी कायम गरियोस् भन्ने पक्षमा १०५ मत रहेको थियो भने काभ्रेको पक्षमा ३ मत मात्र रहेको थियो ।मतदान आज बिहान १० बजेटबाट शुरू भएको थियो।

राजधानी र नामकरणका सम्बन्धमा शनिबार प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका थिए । प्रदेश राजधानीका लागि दुई स्थान र प्रदेशको नामाकरणका लागि दर्ता भएको एक मात्र प्रस्तावमाथि शनिबार दिउँसो बसेको प्रदेशको वैठकमा छलफल भएको थियो ।

यसैगरी प्रदेशको नाम पनि बागमती कायम गरिएकाे छ । नामाकरणका सम्बन्धमा एक मात्र प्रस्ताव ‘बागमती’ राख्ने दर्ता भएको थियो । कांग्रेस संसदीय दलका नेता ईन्द्र बाँनियाले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा लगायत विवकेशील साझा, राप्रपा लगायतका सांसदहरूले समर्थन जनाएपछि साे प्रस्ताव दुइतिहाइले पारित भएकाे हाे ।