Swornakshar Logo

नयाँ पृथ्वीमा एलियन हुन सक्ने आशंकाः नासा

२४ पुस । काठमाडौं । नासाले पृथ्वीजस्तै एक नयाँ ग्रह पत्ता लगाएको छ । यो ग्रह नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण स्याटेलाइट (टीईएसएस) ले खोजेको हो । नासाका अनुसार यो ग्रहमा एलियनहरु हुन सक्ने अनुमान गरिएको छ । यस ग्रहको नाम टीओआई ७०० डी दिइएको छ ।

यो ग्रह आफ्नो ताराबाट जीवन बाँच्न सक्ने दूरीमा रहेको हुँदा मानिस बस्न लायक ग्रहमध्ये उच्च सम्भावना रहेको पहिलो ग्रह भएको नासाले कताएको छ ।

पृथ्वीमा रहेका ठूला टेलिस्कोपले यस्ता तारा र ग्रहहरू खोज्न मद्दत गर्छ । यिनकै मद्दतले टीओआई–७०० डी ग्रह पत्ता लागेको नासा मुख्यालयका एस्ट्रोफिजिक्स डिभिजन निर्देशक, पर्ल हर्ट्स बताउँछन् ।

पृथ्वीजस्तै देखिने यस ग्रहले सानो आकारको एउटा चिसो ताराको परिक्रमा गरिरहेको छ । यो ग्रह पृथ्वीबाट १ सय प्रकाशवर्ष टाढाको दूरीमा छ । वैज्ञानिकले जीवन योग्य दूरीका हिसाबले यो पहिलो उपयुक्त दूरीमा देखिएकाले कुनै परग्रही बसिरहेको हुनसक्ने अनुमान गरेका छन् ।

यो ग्रह आफ्नो ताराको हेविटेवल जोनबाट परिक्रमा गरिरहेको छ । हेविटेवल जोन भनेको सूर्य र पृथ्वीबीचको दूरी मानिन्छ । जहाँ न धेरै चिसो न धेरै तातो हुन्छ । हेविटेवल जोनमा पानी तरल अवस्थामा रहन्छ । यो ग्रहको द्रव्यमान र साइज आफ्नो ताराभन्दा करिब ४० प्रतिशत कम हुन्छ । तापक्रम जीवन बाँच्न आवश्यक रहेको छ ।

यो ग्रह पृथ्वीजस्तै चट्टानी ग्रह हो र यस्को आकार पनि पृथ्वीजत्रै छ । यस्तै, दोस्रोमा रहेको टीओआई–७०० सी ग्रह पृथ्वीभन्दा २ दशमल ६ गुणा ठूलो र ग्यासले भरिएको छ । तेस्रो तथा सबैभन्दा बाहिरी ग्रह हो टीओआई–७०० डी हो । यो ग्रह बसोबास गर्न लायकको देखिन्छ ।