Swornakshar Logo

बलात्कार दोषी विनयले सर्वोच्चमा याचिका दर्ता गराएः निर्भया प्रकरण

२४ पुस । काठमाडौं । निर्भया बलात्कार काण्डका दोषी विनयकुमार शर्माले सर्वोच्च अदालतमा फाँसी रोक्न माग गर्दै क्युरेटिभ पिटिसन (याचिका) दर्ता गराएका छन् । निर्भया बलात्कार प्रकरणमा ४ जनाको डेथ वारेन्ट जारी भइसकेको छ । दिल्लीको पटियाला हाउस कोर्टले ७ जनवरीमा चारै जना दोषीलाई डेथ वारेन्ट जारी गरेको थियो ।

दोषीलाई डेथ वारेन्ट जारी गरि सकेपछि अदालतले अहिलेसम्म कम मात्रामा क्युरेटिभ पिटिसनमा आफ्नो फैसला उल्टाएको देखिन्छ । यस्तो अवस्थामा दोषीलाई दिइएको फासीको फैसला उल्टाउन गाह्रो पर्छ ।

कानुनविद् ज्ञानन्त सिंहका अनुसार डेथ वारेन्ट जारी भएपछि पनि अभियुक्तले चाहेमा क्षमा याचिका दायर गर्न सक्छ । यस्तो याचिका दर्ता गर्नका लागि कुनै समय सीमा हुँदैन । तर यस प्रकरणमा भने अब याचिकाले काम गर्ने देखिदैन ।

यसै क्रममा निर्भया प्रकरणका दोषीमध्ये एक अक्षय ठाकुरको याचिका सर्वोच्च अदालतले खारेज गरिदिएको छ । यस प्रकरणमा दोषीका वकिललाई पूरा मौका दिइएको थियो तर दोषीका वकिलले भने दोषीलाई निर्दोश साबित गर्न नसकेपछि याचिका खारेज गरेको सर्वोच्च अदालतले बताएको छ

निर्भया बलात्कार काण्डका चारै जना दोषीलाई २२ जनवरी बिहान एकै साथ तिहाडको जेल नम्बर– ३ मा एकै पटक फाँसीमा चढाइनेछ ।