Swornakshar Logo

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती राजपरिवारबाट हट्ने

२४ पुस । काठमाडौं । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले आफूहरु राजपरिवारको उच्च सदस्यको हैसियतमा नरहने र आर्थिक रुपमा स्वतन्त्र बन्नका लागि काम गर्ने बताएका छन् ।

द ड्युक एण्ड डचेज अफ ससेक्सले सिनियर राजपरिवार सदस्यबाट पछि हट्ने घोषणा गर्दै अब आफूहरु ब्रिटेन र उत्तरी अमेरिकामा आफ्नो समय व्यतित गर्ने पनि बताएका छन् । ।

बेलायती राजपरिवार ह्यारी र मेगनको यस्तो घोषणाबाट बेलायती राजदबार निराश भएको बताइएको छ । राजकुमार ह्यारी र मेगनले राजपरिवारबाट हट्ने घोषणा गर्नु अघि राजपरिवारमा कुनै पनि सदस्यसँग सल्लाह नगरेको भन्दै उनीहरुको यो निर्णयबाट शाही परिवार निराश भएका छन् ।

उनीहरुले आफ्नो इन्स्टाग्राम पेजमा दुईले एक महिनासम्म विचार विमर्शपछि उक्त निर्णय लिएको बताएका छन् । जसमा भनिएको छ, हामी राजपरिवारको शीर्ष सदस्यबाट पछि हट्न चाहन्छौँ र वित्तीय रुपमा स्वतन्त्र हुनका लागि काम गर्न चाहन्छौं । तर महारानीलाई पूर्ण रुपमा सहयोग र समर्थन गर्ने छौं ।

केहि समय पहिले उनीहरुले मिडिया स्पट लाइटका कारण आफूहरु समस्यामा रहेको बताएका थिए । उनीहरुले छोरालाई उपयुक्त वातावरणमा हुर्काउन भन्दै बेलायत र उत्तर अमेरिकामा समय बिताउने बताएका छन् ।