Swornakshar Logo

कमाण्डर सुलेमानीको अन्त्येष्टिको क्रममा ३५ जनाको मृत्यु, ४८ जना घाइते

२२ पुस । काठमाडौं । गत शुक्रबार इराकको राजधानी बगदादमा जनरल सुलेमानी अमेरिकी ड्रोन हमलामा मारिएपछि सैन्य कमाण्डर सुलेमानीको अन्त्येष्टिको लागि शव यात्राका क्रममा भागदौड हुँदा ३५ जनाको मृत्यु भएको छ भने अन्य ४८ जना घाइते भएका छन् ।

कमाण्डर सुलेमानीको अन्त्येष्टिमा निकै ठूलो संख्यामा सर्वसाधारण पुगेका बेला सो घटना भएको खुलेको छ ।

सुलेमानीको गृहनगर केर्मानमा अन्त्येष्टि गर्न लगिएको हो । उनको शव इराकबाट अहवाज, तेहरान र पुनः केर्मानमा ल्याएर अन्तिम संस्कार गर्न लागिएको हो ।