यात्रुबाहक जीप कर्णालीमा खस्दा ४ जनाको मृत्यु, एक बेपत्ता

१७ पुस । काठमाडौं । बाजुराको हिमाली गाउँपालिका – ७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । से १ ज १०६४ नम्बरको जीप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टितर्फ जाँदै गर्दा कालागड भन्ने स्थानबाट नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा परि मृत्यु हुनेमा जीप मालिक रमेश शाही, पवन भण्डारी र चालक दिनेश कुमार घर्तीको मृत्यु भएको बताइएको छ । र एक जनाको सनाखत हुन बाँकी रहेको छ । यसैगरी १३ वर्षीया सुशील बिक कर्णालीमा बेपत्ता भएकी छिन् ।
दुर्घटनामा परि घाइते भएका ४ जनालाई स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइने छ । प्रहरीका अनुसार जीपमा ९ जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस्: