Swornakshar Logo

राजदूतहरुलाई पर्यटन बर्ष सफल बनाउन सहयोग गर्न पर्यटन मन्त्रीको आग्रह

१८ मंसिर । काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन राजदूत तथा विकास सझेदार निकायका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । मन्त्री भट्राईले भ्रमण बर्षको अभियानबारे नेपालस्थित विभिन्न देशका राजदूत एवं विकास साझेदार निकायका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।
आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भट्टराईले अभियानबारे जानकारी गराउँदै आ–आफ्नो देशबाट पर्यटक ल्याउन सहयोग गर्न पनि आग्रह गरे ।
छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्य, नेपालस्थित अमेरिकी, चिनियाँ राजदूतसहित विश्व बैंकका देशिय निर्देशकसहितको सहभागिता थियो ।