ताजा अपडेट
अन्तर्राष्ट्रिय

कङ्गोमा विमान दुर्घटना, कम्तीमा २४ जनाले ज्यान गुमाए

कङ्गोमा विमान दुर्घटना, कम्तीमा २४ जनाले ज्यान गुमाए

अफ्रिकी राष्ट्र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा एउटा विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४ जनाले ज्यान गुमाएको बताइएको छ ।

सो विमान गोमा सहरस्थित घरहरूमा ठोकिएको थियो । हताहत हुनेमा घर र त्यसवरपर रहेका मानिसहरू पनि छन् । अधिकारीहरूका अनुसार विमानमा १७ यात्रु र चालक दलका दुई सदस्य थिए । विमान के कारण दुर्घटनामा परेको हो भनी खुल्न नसकेको बताइएको छ ।

तर केही स्रोतहरुले उड्नेबित्तिकै विमानको इन्जिनले काम गर्न छोडेको बताएका छन् । घटनालगत्तै उद्धारकर्मी र स्थानीय बासिन्दाहरू दुर्घटनास्थलमा पुगेका थिए । विमान ठोकिएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

सुरक्षासम्बन्धी मापदण्डमा आवश्यक ध्यान नपु¥याइएको लगायतका कारणले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा हवाई दुर्घटना तुलनात्मक रूपमा धेरै हुने गरेको छ । त्यसैले त्यहाँका व्यावसायिक विमानलाई युरोपेली सङ्घले प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…