Swornakshar Logo

१ करोड धरौटीमा रिहा भए सीईओ अजय श्रेष्ठ

७ मंसिर । काठमाडौं । बैंक अफ काठमाण्डूका (सीईओ) अजय श्रेष्ठ धरौटीमा रिहा भएका छन् । सीईओ हुँदा बैंक ऋण दुरुपयोग गरेको आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका श्रेष्ठ धरौटीमा रिहा भएका हुन् ।

सर्वोच्च अदालतले श्रेष्ठलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । यसअघि पाटन उच्च अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्चले उच्च अदालतको आदेश खारेज गर्दै धरौटीमा राख्न भनेको हो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार रेग्मीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । उनीसँगै किरणकुमार बोहोरा पनि १ करोड रुपैयाँ धरौटीमा रिहा हुने भएका छन् ।