Swornakshar Logo

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

३ मंसिर । काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ ५.७ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा सवा सातबजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिए । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।