Swornakshar Logo

जङ्गलमा गोली लागेर एक जनाको मृत्यु

२७ कार्तिक । काठमाडौं । गएराति उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ५९ वर्षीय शङ्कर राउतको झगडेटार जङ्गलमा गोली लागेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीका अनुसार साथीहरुसँग राति जङ्गलमा सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली लागेर राउतको मृत्यु भएको बताए। जङ्गलमा सिकार खेल्न मृतक राउतसहित ६ जना गएको बताइएको छ ।

उनिहरु कालिजको सिकार गर्न भनि जङ्गल गएका थिए । सिकार गर्न गएकामध्ये दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पछि अनुसन्धान शुरु गरिएको र बाँकी फरारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए।

मृतक राउतको शवपरीक्षणका लागि घटनास्थलबाट कटारी अस्पतालमा ल्याइएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ