Swornakshar Logo

कालापानी क्षेत्र नेपालको भूभाग हो, भारतको एकपक्षीय निर्णय अमान्य

काठमाडौं– सरकारले कालापानी क्षेत्र नेपालकै भूभाग भएको स्पष्ट पारेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पार्दै भारत सरकारले हालै प्रकाशित गरेको राजनीतिक नक्साप्रति आपत्ति प्रकट गरेको छ । 

दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनु पर्ने भन्दै सरकारले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई अमान्य हुने स्पष्ट पारेको छ । 

नेपाल सरकार अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिवद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने पक्षमा रहेको पनि सरकारले स्पष्ट पारेको छ । 

सरकारले नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासबन्धी समस्याहरुको समाधानका लागि प्राविधिहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले गर्नेगरी जिम्मेवारी दिइएको भारतलाई पनि स्मरण गराएको छ ।