Swornakshar Logo

ट्रिपरको ठक्करबाट एकजनाको मुत्यु, एकजना गम्भीर घाइते

४ कार्तिक । काठमाडौं । सोमबार दिउँसो नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मुत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । भैरहवाबाट भुमहीतर्फ आउँदै गरेको लु १ख ५६५८ नम्बरको ट्रिपर र बिपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको बताइएको छ ।

ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक रामग्राम १८ बस्ने ३० वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको हो । रामग्राम १८ कै ३२ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

गम्भिर घाईते चौधरीको उपचार पृथ्वीचन्द्र अस्पताल परासीमा हुन नसकेपछि थप उपचारको लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय डिएपी वीरेन्द्र थापाले बताए । ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी थापाले बताए ।