Swornakshar Logo

चीनसँग रेल र सुरुङमार्ग निर्माणलगायतका सम्झाैतामा हस्ताक्षर

नेपाल र चीनबीच बहुचर्चित काठमाण्डाै–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो । 

यस्तै सुरुङ मार्ग निर्माणका सन्दर्भमा पनि सम्झौता भएको छ । नेपालको अर्थ मन्त्रालय र चिनियाँ अन्तर्राष्ट्रिय सहयोग नियोगका बीच सुरुङ मार्ग बनाउने सम्झौता भएको हो । 

यस्तै चीनको छेङ्दु प्रान्तमा नेपालको कन्सुलेट जनरल अफिस स्थापना गर्ने सम्झौता भएको छ । नेपाल चीनबीच सगरमाथा चोमोलोङ्मा बचाउका लागि साझेदारी गर्ने समझदारी पनि बनेको छ । 

यस्तै अपराधका विषयमा आपसी कानुनी सहकार्य गर्ने विषयमा पनि सहमति बनेको छ । सीमा व्यवस्थापन प्रणालीका विषयमा पनि अपसी सहमति पत्रमा हस्ताक्षर भएको छ । 

काठमाण्डौ महानगरपालिका र चीनको नान्जिङ शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।
योसँगै विभिन्न १८ समझदारीपत्र र २ ‘लेटर अफ एक्सचेञ्ज’मा हस्ताक्षर भएको छ ।