Bagmati Samachar Logo

महरा प्रकरणमा प्रहरीले फरेन्सिक जाँच गर्ने

१७ असोज । काठमाडौं । सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले फरेन्सिक जाँच गर्ने भएको छ ।

पीडित भनिएकी महिलाले क्राइम सिनभन्द विपरीत बारम्बार फरक –फरक धारणा सार्वजनिक गर्नु शंकास्पद भएपछि फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने तयारीमा प्रहरी स्रोतले भन्यो । यो समाचार मातृका दाहालले आजको कान्तिपुर दैनिकमा लेखेका छन् ।

प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।