Swornakshar Logo

‘ज्ञानेन्द्र शाही घटना’ दोषीलाई कारवाही गर्छौँः दानबहादुर मल्ल

१३ असोज । काठमाडौं । ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको छ ।

चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति गठन गरेको प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । घटना कसरी घट्यो र संलग्न व्यक्तिको पहिचान गर्न समितिले काम गर्नेछ, मल्लले भने । समितिले तीन दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ । सोही आधारमा दोषीलाई कारवाही गर्न सहज हुने पनि उनले बताए ।

सो घटनामा संलग्न व्यक्तिलाई छिटो भन्दा छिटो कारवाही हुने पनि मल्लले बताए ।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथि आक्रमण भएको थियो । उनी चढेको माइक्रोबसमा आक्रमण भएको हो । सो क्रममा घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि सोही दिन काठमाडौँ लगिएको हो ।