Swornakshar Logo

चीनका विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

२० भदौ । काठमाडौं । चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । वाङ यी तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री वाङले नेपालको भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार आफ्ना चिनियाँ समकक्षीसँग प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्रमन्त्रालयका अनुसार सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्ने जनाएको छ ।