Swornakshar Logo

मकवानपुरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

२० भदौ । हेटौंडा । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझी, महोत्तरी माइस्थान ६ का ७० वर्षीय बीरसिंह वाइवा र सर्लाहीका महेन्द्र सहनी रहेका छन् ।

सर्लाहीबाट काठमाडौं जादै गरेको ना १ ज ३६४० नम्बरको सुमो भीमफेदी गाउँपालिका वडा नम्बर ६ चियानडाँडाँमा दुर्घटना भएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

दुर्घटनामा घाइते ११ मध्ये एक जनाको घट्नास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको सिंहले बताए । अन्य घाइतेहरुको सामान्य उपचारपछि डिस्चार्ज भएको पनि उनले बताए ।