Swornakshar Logo

सय वर्षकी आमा ८२ वर्षको छोरा

छोराछोरी जतिसुकै ठूला परिपक्व किन नहोउन्, आमा सधैं आमा नै हुन्छन् । सय वर्षीया ऐडा किटिंग र उनका ८२ वर्षका छोरा टोम यसको उदाहरण बनेका छन् ।

टोम ऐडाका चार सन्तानमध्ये सबैभन्दा जेठा हुन् । कुरा २००६ को हो । जीवनमा एक्लो बनेका टोम लिभरपुलको मोस भ्यु केयर होममा बस्नका लागि गए ।

आमाले यो कुरा थाहा पाएपछि आफ्नो वृद्ध छोराको हेरचाह कसले गर्ला भन्ने चिन्ताले सतायो । त्यसपछि ऐडा पनि मोस भ्यु केयर होम गइन् ।

आमा छोराको यो जोठी पछिल्लो तीन वर्षदेखि यहाँ एकसाथ बसिरहेको छ । दुवै जना हरेक दिन सँगै बिताउँछन्, आराम गर्छन् र खेल खेल्छन् ।

एडा हरेक रात टोमलाई ‘गुड नाइट’ भनेर मात्रै आफ्नो कोठामा सुत्न जान्छिन् । त्यसपछि बिहान नास्तासँगै टेबलमा दुई जना आमने सामने हुन्छन् ।

उनी भन्छिन्, ‘जब म हेयर ड्रेसरलाई भेट्न जान्छु, त्यसबेला टोम मलाई नै पर्खिरहेको हुन्छ । म फर्किएर आउँछु अनि उनी बच्चा जस्तै मसँग टासिन आइपुग्छ ।’ खास कुरा त उनी आमा हुन् र अक्सर टोमको बच्चा समयमा जस्तै हेरचाह गर्छिन् ।