Swornakshar Logo

जिससले समग्र जिल्लाको नेतृत्व गर्नुपर्छ ।

हेटौंडाः प्रतिनिधि सभासदस्य एवम् अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले जिल्ल समन्वय समिति (जिसस) ले समग्र जिल्लाको नेतृत्व गर्नु पर्ने बताउनुभएको छ । बिहीबार जिल्ला समन्वय समिति मकवानपुरको जिल्ला समिक्षिा बैठकको उद्घाटन गर्दै सभापति दाहालले जिल्ला समन्वय समितिले अभिभावकका रुपमा जिल्लाको नेतृत्व गर्नु पर्ने बताउनुभएको हो ।

सभापति दाहालले स्थानीय तह सक्षम बन्न जरुरी रहेको भन्दै जिससले त्यसको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय तहमा अहिले भईरहेका कामहरु प्रभावकारी बनाउन र जनतालाई नजिकको सरकारको अनुभुति दिलाउन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो । जिल्ला समन्वय समिति मकवानपुरको सक्रियता र समन्वयकारी भुमिका प्रति खुसी व्यक्त गर्दै उहाँले स्थानीय तहहरुले जिल्ला समन्वय समितिलाई प्राप्त अधिकारको भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको छ । समन्वय र सहकार्य महत्वपुर्ण कुरा भएको भन्दै जिल्ला समन्वय समितिले गरेका कृयाकलापहरु प्रभावकारी रहेको बताउनुभएको छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य राम चन्द्र राईले विकासलाई सन्तुलित र न्यायोचित बनाउनका लागि जनताको सहभागितात्मक अबधारणालाई अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । उहाँले एक आपसमा अनुभव आदान प्रदान गर्दै सहयोग र समन्वय गर्दै काम गर्ने परमपराको विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले यस्तो गर्नाले स्रोत साधनको दोहोरोपना कम हुनुका साथै सुमचित परिचालनकालागि उपयोगि हुने बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समन्वय सहकार्य गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । उहाँले ढंगा गिट्टी बालुवाको मुल्य बृद्धि भएको भन्दै यसको व्यवस्थापनकालागि स्थानीय तहहरुले समिक्षा गोष्ठिमा घनीभुत छलफलगरेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभएको छ । स्थानीय तह आँफै स्वात्त निकाय भएकोले योजना तह देखि अन्तिम सम्मको विधि बनाएर काम गर्नु पर्ने खुलालको भनाई थियो । उहाँले कार्यकारीणी अधिकार सम्पन्न निकायले गर्ने कामहरु पारदर्शी र जनताको अपेक्षा अनुसारको हुनुपर्ने बताउनुभएको छ ।

संघियताको अभ्यास गर्दै गर्दा स्थानीय तहहरुले सह अस्थित्व र सहकार्य भन्ने कुरालाई भने बुझ्न जरुरी रहेको बताउनुभएको छ । जनप्रतिनिधिहरुले बितेको आर्थिक वर्षमा के ग¥यौ भन्ने समिक्षा गर्दै अगाडी बढुनु पर्ने सुभलाव दिनुभयो । जनप्रतिनिधिले आलोचित हुने गरि काम गर्न नहुने उहाँको भनाई थियो । खोलाको प्रकृतिक स्रोत उपयोग गर्ने कुरा र क्रसर उद्योगसंचालन गर्ने कुरा फरक भएको बताउनुभएको छ । यो कुरा जन प्रतिनिधिे बुझ्न जरुरी रहेको बताउनुभएको छ । क्रसर उद्योगको उचि व्यवस्थापनकालागि बन्द गरिएको भन्दै प्रमुख खुलालले क्रसरउद्योगहरु व्यवस्थित भएर संचालन हुनुपर्ने बताउनुभएको छ । जिल्ला अनुगमन समितिले निर्णय गरेर क्रसर संचालन गर्ने पक्षमा आफु नरहेको समेत प्रमुख खुलालले बताउनुभएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भगवति पुडाशैनीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो, भने समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, कुमारी मोक्तान, प्रेम बहादुर पुलामीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मकवानपुरका १० वटै स्थानीय तह, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले आफुले आर्थिक वर्ष २०७५/ ०७६ मा गरेका कामको प्रगति प्रस्तुत गरेका थिए ।