Swornakshar Logo

इरानमा बुर्काको विरोध गर्ने एक युवतीलाई २४ वर्ष जेल सजाय

१२ भदौ । काठमाडौं । इरानमा बुर्काको विरोध गर्ने एक युवतीलाई २४ वर्ष जेल सजाय सुनाएको छ । बुर्का को बाध्यता समाप्त गर्नका लागि अभियान चलाउने एक युवतीलाई इरानको अदालतले २४ वर्षको जेल सजाय सुनाएको हो ।

२० वर्षीया युवती अफसरी बुर्काको विरोधमा ‘ह्वाइट वेनस्डे’ अभियान चलाउने गर्थिन् । उक्त अभियान चलाएको भनि तेहरानको इस्लामिक रेभोल्युसनरी अदालतले अफसरीलाई २४ वर्षको जेल सजाय सुनाएको हो । अदालतको सो निर्णयलाई लिएर विश्वभरि नै निन्दा भइरहेको छ ।

महिलाहरुको बुर्का (हिजाब)उतारेर देशमा भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको भन्दै न्यायाधीशले सजाय सुनाएका थिए । यी दुई अपराधको लागि २४ मध्ये १५ वर्षको जेल सजाय दिन गइरहेको कुरा समेत न्यायाधीशले बताए ।’

इरानमा चलाइएको ुह्वाइट वेनस्डेु अभियानका प्रमुख अफसरी र उनकी आमा राहीला अहमदी हुन् । अफसरीलाई यसअघि सन् २०१८ को अगष्टमा तेहरानबाट गिरफ्तार गरिएको थियो । त्यसबेला उनलाई एक वर्षको जेल सजाय सुनाइएको थियो तर विश्व समुदायको दबावमा उनलाई फेब्रुअरी महिनामा नै रिहा गरिएको थियो ।

के हो त ह्वाइट वेनस्डे अभियान

इरानमा सामाजिक सञ्जालमा बुर्का (हिजाब) विरुद्ध अभियान चलिरहेको छ, जसको माध्यमबाट महिलाहरुलाई बिना बुर्का बिना
नै फोटे अपलोड (शेयर) गर्नका लागि अपिल गरिएको छ । यो अभियानको पहिलो दुई हप्तामा २०० ओटा भिडियो पोस्ट भए भने ५ लाख मानिसहरुले हेरे ।

त्यसपछि तेहरानको रेभोल्युसनरी अदालतले यस्तो गर्ने महिलालाई १ देखि १० वर्षसम्मको सजाय दिने आदेश दियो । त्यसयता सयौँ महिला जेल गैसकेका छन् । यो हप्तामात्रै १२ जना महिला सजायका भागिदार बनिसकेका छन् ।