Swornakshar Logo

पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु

१० भदौ । काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ टाङसादिनका १५ वर्षीय किशोर मनकुमार चोङवाङको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ। उनको मृत्यु निर्माणाधीन मदन भण्डारी रंगशालामा रहेको पानीको खाल्डोमा डुबेर भएको हो।

मंगलबार दिउँसो करिब साढे २ बजे मृत्यु भएको बताइएको छ ।
घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।