Swornakshar Logo

रवि लामिछाने ५ लाख धरौटीमा रिहा

९ भदौ । काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभि प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलेका इजलाशले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो ।

बहस गर्नेमा सरकारी वकिलको पक्षबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको पक्षबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृत फेला परेका शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि उनले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलको कारण आत्महत्या गरेको भन्दै भिडियो रेर्कड गरेका थिए । सोही भिडियोका कारण उनीहरु पक्राउ परेका थिए ।