Bagmati Samachar Logo

रवि लामिछानेलाई भेटे आईजीपी खनालले

६ साउन । काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् ।

विभिन्न जिल्ला भ्रमणको क्रममा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई भेटेर अनुसन्धानमा सहयोग गर्न आईजीपी खनालले आग्रह गरेका छन् ।

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा प्रहरीले लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।