Swornakshar Logo

भारतीय पूर्व गृहमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ

५ भदौ । काठमाडौं । गएराति भ्रष्टाचारको आरोपमा सीबीआईको टोलीले भारतका पूर्व गृह तथा अर्थमन्त्री पी चिदम्बरमलाई पक्राउ गरेको छ । तर चिदम्बरमले आफूमाथि लागेको भ्रष्टाचार आरोप गलत भएको बताएका छन् ।

उनलाई आज सीबीआईले विशेष अदालतमा पेश गर्नेछ ।
उच्च अदालतबाट अग्रिम जमानत रद्द भएपछि चिदम्बरमलाई पक्राउ गरिएको हो । त्यसक्रममा यो मुद्दामा राहतका लागि सर्वोच्चमा गएका थिए । उनको निवेदन शुक्रबार सुनुवाई हुनेछ ।

बुधबार साँझ करिब सवा ८ बजे पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका सबै आरोप खारेज गरेका थिए । उनले आफू आफ्नो हित रक्षाका लागि कानुनको शरणमा गएको बताए ।