अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक
![](https://www.bagmatisamachar.com/wp-content/uploads/2019/08/kp-oli-pm-europ-visit-2-1024x602.jpg)
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्य उपचारका लागि आज सिंगारपुर जाँदैछन् ।
अब प्रधानमन्त्री जहाँ भएपनि भिडियो कन्फ्रेरेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतममन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रको जिम्मेवारी दिने प्रचलन थियो ।
प्रतिक्रिया दिनुहोस्: