Swornakshar Logo

अफगानिस्तानमा विवाह समारोहमा बम बिस्फोट हुँदा ६३ जना मारिए

१ भदौ । काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोमा शनिबार राति भएको बम बिस्फोटनमा परि ६३ जनाको मृत्यु भएको छ । बिस्फोटका कारण विवाहमा सहभागी मध्य ६३ जनाको मृत्यु भएको र १८२ जना घाइते भएको उल्लेख छ ।

उक्त बिस्फोट काबुलको पश्चिमतर्फ शिया बहुल क्षेत्रमा भएको थियो । अफगानिस्तानको विद्रोही तालिबानले भने उक्त बिस्फोटमा संलग्न नरहेको बताएको छ ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बिस्फोटमा परि कम्तीमा ६३ जनाको मृत्यु भएको र १८२ जना घाइते भएको अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले बताए । उनले घाइतेहरुमा अधिकांश महिला र बालबालिका रहेको पनि बताए ।

बिस्फेटमा भएको क्षति निकै भयानक भएको बताइएको छ ।

विवाह समारोहमा सहभागी मोहम्मद फरहागले आफू बम बिस्फोट हुँदा महिलाहरु रहेको हलतर्फ भएकाले बाँचेको बताए । फरहागले एएफपीसँगको कुराकानीमा पुरुषहरु रहेको हलतर्फ बिस्फोट भएको र मानिसहरु चिच्याउँदै, रुँदै बाहिर हल बाहिर निस्केको बताए ।

घटना भएको झण्डै २० मिनेटसम्म पूरै हल धुँवाले भरिएको थियो, पुरुषहरु बसेका हलभित्रका सबैजसो मारिएका वा घाइते भएका थिए, फरहागले भने । बिस्फोटको दुई घण्टापछि हलबाट शव निकाल्न थालिएको थियो ।

विद्रोही समूहले अफगान वैवाहिक समारोहमा आक्रमण गर्नेक्रम विगतदेखि नै हुँदै आएको छ । वैवाहिक समारोहमा सुरक्षाको खासै प्रबन्ध नगरिने भएकाले पनि विद्रोही समूहलाई आक्रमण गर्न सहज हुने गरेको छ । गत जुलाई १२ मा पूर्वी नान्गरहार प्रान्तमा भएको एक वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ६ जना मारिएका थिए