Swornakshar Logo

वार्ताको हल्ला सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्तिः विप्लव नेकपा

२० साउन । काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले १५ साउन देशभर एनसेलमाथि कारबाही गरेको जिम्मेवारी लिएको छ । उक्त पार्टीले जिम्मेवारी लिदै आज एक विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनेको छ ‘एनसेलले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले आफ्नो अपराध नसच्याएमा थप कारबाहीहरू हुने छ । ’ नेपाल कम्युनिष्ट पार्टीले एनसेललाई देश निकाला गर्न जनतासमक्ष अपिल गर्ने भन्दै चेतावनी दिएको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार साँझ प्रेस विज्ञप्ति प्रकाशित गर्दै उक्त चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो काँधमा देश, जनता र श्रमजीवी जनताप्रतिको जिम्मेवारी छ । मालेमावादी विचारमा आधारित, वस्तुगत अवस्थामा विकसित नीति, पद्धति र फविभिन्नलामे अनुशासनमा आधारित सच्चा कम्युनिस्ट पार्टी निर्माण, आगामी आन्दोलनको मोर्चामा सुदृढ एवम् प्रभावकारी नेतृत्वको आवश्यक पर्ने क्रान्तिको गहिराइकासाथ मनन गरी पार्टीलाई सुदृृढ र विकास गर्न साहसिक र ऐतिहासिक निर्णय लिएको छ । उक्त निर्णयबाट अत्तालिएका देश र जनताका दुस्मन, दलाल तत्वहरू, छिद्रान्वेषी–षड्यन्त्रकारीहरूले सञ्चार माध्यममा ‘वार्ता पक्षधर तथा विवादास्पद व्यक्तिहरूलाई कारबाही गरेको’ भनी गरिरहेको प्रचारलाई जनक्रान्ति र पार्टीविरोधी अपराध र षड्यन्त्र ठान्दछ र त्यसप्रकारको कुप्रचार खारेज गर्दछ । त्यसप्रकारको नियोजित षड्यन्त्रबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोध गर्दछ ।’

सरकारले वार्ताको हल्ला गर्दै दमन र हत्या शृङ्खला अघि बढाएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले एकीकृत जनक्रान्ति कार्यदिशाको बाटो लिएदेखि नै प्रतिक्रियावादी सत्ता दमन र षड्यन्त्रमा उत्रिएको छ । गत फागुन २८ गते ओली सरकारले हाम्रो पार्टीकाविरुद्ध प्रतिबन्ध लगायो र हत्या–हिंसामा उत्रिएको छ । नेपाली क्रान्ति र जनताको परिवर्तनको चाहनाविरुद्धको दमनले वली सरकारलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा एक्लो पारेको छ । दमन र प्रतिबन्ध सरकारकालागि फाँसीको फन्दा झैँ भएको छ । त्यसै कारण वली कम्पनीले वार्ताको विषयलाई ‘आफैँ बोक्सी, आफैँ धामी’भने झैँ गरिरहेको छ । तसर्थ सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी मालेमावादी विचारद्वारा निर्देशित पार्टी हो । विश्व सर्वहारा वर्गको एउटा टुकडी र नेपाली श्रमिक तथा देशभक्त समुदायको प्रतनिधि पार्टी हुनुको नाताले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व छ । विगत ५ वर्षदेखि पार्टीले एकीकृत जनक्रान्तिमार्फत नेपाली क्रान्तिको नेतृत्व गरिरहेको छ ।’

विज्ञप्तिको पूर्णपाठ