Swornakshar Logo

उडिरहेको विमानमा पूर्वमन्त्रीलाई हृदयाघात

१९ साउन । काठमाडौं । पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टलाई आकासमा उडिरहेको विमानमा हृदयाघात भएको छ । पूर्वमन्त्री विष्ट आइतबार दिउँसो बुद्ध एयरको विमानबाट नेपालगन्ज हुँदै काठमाडौं आउने क्रममा हृदयाघात भएको हो ।
विमानलाई भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरेर उनको उपचार भइरहेको छ ।

मन्त्री विष्टको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको जनाएको छ । उनलाई थप उपचारका लागि काठमाडौैं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।