Swornakshar Logo

कक्षा १२ को नतिजा सार्वजनिक

१३ साउन । काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
१५ वैशाखदेखि सञ्चालन गरिएको परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।

३.६ देखि ४ जीपीएसम्म ल्याउने ३ हजार ६७ जना छन् । ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने १६ हजार २ सय ४ जना र २.४१ देखि २.८० जीपीएसम्म ल्याउनेको संख्या २६ हजार ५ सय ३ जना छ ।

त्यस्तै, २ देखि २.४ जीपीएसम्म ल्याउनेको संख्या ८६ हजार २ सय २७ जना र १.६१ देखि २ जीपीए ल्याउनेको संख्या ६२ हजार ६ सय १९ छ ।

विगतमा विज्ञान विषयको नतिजा सुरुमा प्रकाशित गर्ने र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको बोर्डले अघिल्लो वर्षदेखि सबै विषयको परीक्षाफल एकैपटक सार्वजनिक गर्न सुरु गरेको छ ।

साधारण तथा प्राविधिक विषय समूहका नियमित, ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा भएको थियो ।

यस वर्ष मनाङबाट सबैभन्दा थोरै १ सय १० र काठमाडौंबाट सबैभन्दा धेरै १ लाख ३४ हजार १ सय १५ जना विद्यार्थीले परीक्षा दिएका थिए ।