Bagmati Samachar Logo

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि आत्महत्या

१२ साउन । काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नाम मुछिएका देवीस्थान ५ पर्वतका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

उनले बालाजुको माछापोखरीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेको बताइएको छ ।

स्थानीयका अनुसार आत्महत्या भएको भनिए पनि अहिले नै यकिन नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी उत्तम सुवेदीले बताए ।

उनी २०५८ सालदेखि डिल्लीबजार मालपोतका नासुका रुपमा कार्यरत थिए । हाल उनले अवकाश पाएका छन् । पछिल्ला दिन उनी कांग्रेस राजनीतिमा सक्रिय रहेको बताइएको छ ।

५७ वर्षीय श्रेष्ठले २०६० सालमा अवकाश पाएको प्रहरीले बताएको छ । उनी कांग्रेस पर्वतका सचिव हुन् ।